समाचारमंगलबार, फाल्गुण १२, २०७१

सवारी दुर्घटनामा युवतीको मृत्यु, तेह्र घाइते

हिमालखबर

वीरगञ्ज पथलैया सडकखण्डमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

बाराको रामपुरटोकनी–३ मा गएराति भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको हो । दुर्घटनामा पर्सा रामगढवा–७ बस्ने वर्ष २२ वर्षीया अर्चना विष्टनियाको (चौरसिया)को मृत्यु भएको हो । ना२ख ७०३५ नंको ट्रकले अर्चना सवार बिआर ०१ सिडी १८३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

त्यस्तै, वीरगन्जको गण्डकमा नम्बर नखुलेको ट्रिपरले ट्याक्टरलाई ठक्कर दिएको छ । बेलुकी ८ बजे भएको दुर्घटनामा परी ट्र्याक्टरमा सवार १३ घाइते भएका हुन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । उनीहरूको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>