समाचारमंगलबार, फाल्गुण १२, २०७१

लाठी बाेकेका वाईसीएल सार्वजनिक

हिमालखबर

5

तस्वीरहरु देवकी बिष्ट

सडक आन्दोलनबाट कांग्रेस–एमालेलाई घुडा टेकाउन भन्दै एमाओवादीले गर्न लागेको शक्ति प्रदर्शनका लागि लाठीसहितको वाईसीएल सार्वजनिक गरिएको छ ।

१६ फागुनमा काठमाडौंको खुल्लामञ्चमा आयोजित शक्ति प्रदर्शनका लागि १२ फागुनमा लाठीसहितको वाईसीएल सार्वजनिक गरिएको छ । आन्दोलन परिचालन समिति स्वयम्सेवक विभागका इन्चार्ज रहेका एमाओवादी नेता जनार्दन शर्माले शक्ति प्रदर्शनमा लाठी र झण्डा बोकेका वाईसीएल सडकमा उत्रने बताए ।

4

वाईसीएलको टोपी लगाएर लाठी र झण्डा बोकेका दस्ता सार्वजनिक गर्दै शर्माले भने, ‘‘जसले लाठी, झण्डा र पहिचान फाल्छ उसलाई बर्खास्त गरिन्छ ।’’ शर्माले आन्दोलनलाई शान्तिपूर्ण बनाउनुपर्ने पनि बताए ।

‘युवा मार्च’ सुरु हुनुअघि दस्तालाई सम्बोधन गर्दै शर्माले भने, ‘‘अन्तरिम संविधानको कार्यान्वयन गराउन हामीलाई लाठी चाहिएको हो । यो रहर नभई बाध्यता हो ।’’ उनले लाठीसहितको दस्ता अव विघटन नहुने बताए ।

शर्माले पहिचानसहितको संविधान नबनेसम्म यो दस्ता विघटन नहुने बताए । संविधानसभाभित्र र बाहिर रहेका ३० दलसँगको संयुक्त आन्दोलनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मध्य कमाण्ड, बरिष्ठ नेता बाबुराम भट्टराईले पश्चिम कमाण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वी कमाण्डको नेतृत्व गर्ने भएका छन् ।

2

मोर्चाले काठमाडौंको खुल्लामञ्चमा १६ फागुनमा आयोजना गरेको शक्ति प्रदर्शनलाई प्रचारात्मक आन्दोलनको अन्तिम दिन भेको छ ।

यो आन्दोलनबाट पनि माग पूरा नभए मोर्चाले क्रियात्मक र चैत अन्तिमबाट निर्णायक आन्दोलन गर्ने घोषणा गरेको छ ।

3 6

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>