समाचारबुधबार, फाल्गुण १३, २०७१

एमालेले केन्द्रीय सदस्य मनोनय गर्दै

हिमालखबर

नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई पूर्णता दिन र कार्य विभाजन गर्न एमाले स्थायी कमिटीको बैठक बस्दैछ ।

केन्द्रीय सदस्य मनोनय र जिम्मेवारी बाँडफाँडमा पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति नजुट्दा महाधिवेशन सकिएको ८ महीना वित्दा पनि निर्णय हुन सकेको छैन ।

मनोनयन र कार्यविभाजन स्थायी कमिटीले गर्न नसकेपछि शीर्ष नेता सम्मिलित कार्यदल बनाइएको थियो । तर, उक्त कार्यदलमा अहिलेसम्म सहमति जुटाउन सकेको छैन ।

१३ फागुनमा पुनः कार्यदलको बैठक बसिरहेको छ । सहमति जुटेमा आजै केन्द्रीय सदस्य मनोनयन र कार्यविभाजनको निर्णय गर्ने एमालेले जनाएको छ । एमालेको विधानले १० प्रतिशत मनोनयन गर्ने व्यवस्था गरेको छ ।

को–को छन्, ओली र नेपालको लिष्टमा

झिनो मनान्तरले अध्यक्ष निर्वाचित ओलीले केन्द्रीय सदस्य मनोनयन र कार्यविभाजनमा आफु निकट रहेकालाई ल्याउन खोजेको भन्दै नेपाल पक्षधरले विरोध जनाएका छन् । नेपाल पक्षधरले मापदण्ड बनाएर निर्णय लिनुपर्ने माग राखेको छ भने ओली पक्षबाट महासचिव ईश्वर पोखरेलले योग्यता र क्षमताकै आधारमा नामावली प्रस्तुत गर्न लागिएको बताउँदै आएको छ ।

तर, दुवै समूहले आफ्नो पक्षधरहरुको नामावली तयारी पारेका छन् । ओली पक्षबाट घनेन्द्र बस्नेत, केदार न्यौपाने, देवराज घिमिरे, देवशंकर पौडेल, कृष्णगोपाल श्रेष्ठ, समुन प्याकुरेल, भीम राई, राजेन्द्र राई, जुली महतो, दिनेश सुवेदी, झपट रावल मध्येबाट केन्द्रीय सदस्य बन्ने लिष्ट तयार पारिएका छन् ।

नेपाल पक्षबाट पनि कल्याणी खड्का, रामकुमार भट्टराई, रविन्द्र अधिकारी, रामकुमार ज्ञवाली, प्रमेश हमाल, भीम केसी, धनकुमारी सुनार, गोविन्द थापा, सुधीर साह, उषाकला राई, देवशंकर पौडेल, गगन विष्ट, विष्णु रिजालको नामावली तयार पारिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>