समाचारबुधबार, फाल्गुण १३, २०७१
लाठी बोक्ने वाईसीएललाई कार्बाही गर्ने सरकारको चेतावनी
सरकारले सर्वसाधरणलाई आतंकित पार्नेगरी लाठी बोक्ने वाईसीएललाई कार्बाही गर्ने चेतावनी दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले विज्ञप्ती जारी गर्दै सर्वसाधरणलाई आतंकित पार्ने गरी लाठी प्रदर्शन नगर्न आग्रह गरिएको छ । विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘‘गैर कानूनी क्रियाकलाप गरेको, संलग्न भएको पाइएमा कानून बमोजिम कारवाही हुने व्यहोरा गृहमन्त्रालय सबैमा जानकारी गराउँछ ।’’
जनप्रदर्शनका नाममा कानून हातमा नलिन सरकारले आग्रह गरेको छ । एमाओवादीले १२ फागुनमा लाठी बोकेका वाईसीएल काठमाडौंमा सार्वजनिक गरेका थिए ।
लाठी बोकेका वाईसीएलले सर्वसाधरणमाथि लाठी प्रहार गरेपछि सरकारले ध्यानाकर्षण भएको जनाएको छ ।

