समाचारबुधबार, फाल्गुण १३, २०७१
भूपू नेपालीले देश बनाउदैनः मन्त्री पण्डित
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भूपू नेपालीबाट देश नबन्ने बताएका छन् ।
धादिङमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले सरकारी कर्मचारीहरुमा देखिएको भूपू नेपाली बन्ने मोहले देश नबन्ने बताए । उनले भने, ‘‘कामप्रतिको विश्वास, इमान्दार र समयलाई बुझेर काम गर्नुस, देशले मुल रुपमा खोजेको पनि यही हो ।’’
राष्ट्रसेवक कर्मचारीले सपथ विर्सेर झारा टार्ने गरी काम गर्नेतर्फ मात्र ध्यान दिएकाले जनताले दुख पाएको उनले बताए ।
मन्त्री पण्डितले राज्य व्यवस्था समितिको बैठकबाट निजामति सेवा ऐन विधेयक बहुमतबाट पारित भएकाले कर्मचारीमा देखिएको विदेश मोह रोक्ने बताए ।
सानुबाबु तिमिल्सिना, धादिङ
