समाचारबुधबार, फाल्गुण १३, २०७१

अान्दाेलनकाे अाैचित्य छैनः प्रम

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले लोकतन्त्रको मूलप्रवाहमा सबै राजनीतिक दल समाहित भइसकेकाले आन्दोलन, तोडफोड, झगडा गरिरहनुको अब कुनै औचित्य नरहेको बताएका छन् ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाली कांग्रेसका तत्कालीन महामन्त्री महेन्द्रनारायण निधिको ९४ औँ जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले लोकतन्त्रको रक्षा र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न शान्ति, राजनीतिक स्थिरता र मेलमिलाप आवश्यक बताए ।

स्वर्गीय निधिका योगदान स्मरण गर्दा उनले देखाउनुभएको शान्ति, स्थायित्व, लोकतन्त्र र विकासका निम्ति दत्तचित्त भएर लाग्ने तथा आन्दोलन, हिंसा र तोडफोडमा नलाग्ने प्रण गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>