समाचारबिहीबार, फाल्गुण १४, २०७१
सहमति नगरी संविधान बनाउने अधिकार कसैलाई छैनः दाहाल
एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौताको मर्मविपरीत गएर संविधान जारी गर्ने अधिकार कोही कसैलाई नभएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित बलिदान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले द्वन्द्वरत पक्षको साझा दस्तावेजका रुपमा रहेको शान्ति सम्झौतालाई पालन गर्ने वा नगर्ने भन्ने विषयमा प्रस्ट पार्न नेपाली कांग्रेस र नेकपा एमालेलाई आग्रह गरे ।
प्रमुख दलबीच भएको बाह्रबुँदे सहमति, शान्ति सम्झौताका आधारमा नै अन्तरिम संविधान निर्माण भएकाले त्यसलाई पूर्ण पालना गर्ने कि नगर्ने भन्ने प्रश्न नै मूख्य रहेकाे उनले बताए ।
