समाचारबिहीबार, फाल्गुण १४, २०७१
मानवअधिकार आयोगका अध्यक्षको घर घेर्ने चन्दको चेतावनी
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले द्वन्द्वकालको प्रतिवेदन गलत सार्वजनिक गरिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको घर घेर्ने चेतावनी दिएका छन् ।
चन्दले आयोगको प्रतिवेदनले नसालु पदार्थ सेवन गराएर कार्यकर्ता प्रयोग गरेको भन्ने प्रतिवेदन गलत भएको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘‘हामीलाई जेल कोच्ने मनसायले आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छ ।’’
बर्दिया पुगेका चन्दले भने, ‘‘मदिरा सेवन नगर्ने माओवादीले सिरिञ्जबाट नसालु पदार्थ कसरी सेवन गराउन सक्ला ?’’
केशव राना, बाँके
