समाचारशुक्रबार, फाल्गुण १५, २०७१
सिटाैला भन्छन्, ‘एमाअाेवादी बिना संविधान बन्दैन’
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एमाअाेवादीलाई सडक संघर्ष छाेडेर संविधानसभामा फर्केर आउन आग्रह गरेका छन् ।
प्रेस युनियन पाल्पाले तानसेनमा गरेकाे पत्रकार सम्मेलनमा बोल्दै उनले शान्ति सम्झौतामा हस्ताक्षर गर्ने माओवादीलाई छोडेर संविधान बनाउने पक्षमा कांग्रेस नरहेकाले माओवादीलाई संविधानसभामा ल्याएर मात्र संविधान जारी बताए ।
एमाओवादीलाई संविधान निर्माण कार्यमा ल्याएर नै छाड्ने बताउँदै महामन्त्री सिटौलाले भने, ‘‘पुष्पकमल दाहालले शान्तिको अगुवाइ गर्नुपर्छ, अब बन्दुकको नेता बन्न हुँदैन ।’’
संविधानसभाबाट सङ्घीयता लोकतन्त्र, गणतन्त्र, समावेशी संविधान निर्माण लागि एमाओवादी संविधानसभामा आउनुको अर्को विकल्प नभएको महामन्त्री सिटौलाले बताए ।
