समाचारशुक्रबार, फाल्गुण १५, २०७१
लाठीवालाहरु ठेगान लाग्छन्ः पोखरेल
नेकपा एमालेका नेता शंकर पोखरेलले एमाओवादीको लाठी प्रदर्शनले संविधानसभाको गति नरोकिने बताएका छन् ।
कोहलपुर नगर कमिटी बाँकेको उद्घाटन गर्दै पोखरेलले भने, ‘‘बन्दूकलाई ठेगान लगाएको जनता लाठी प्रदर्शनसँग डराउदैनन् ।’’ उनले एमाओवादीले हिंसा मच्याएर संविधानसभाको हत्या गर्न खोजेको आरोप लगाए ।
पोखरेलले १५ जेठमा नयाँ संविधान जारी हुने बताए । उनले भने, ‘‘वाइसीएलको लाठीले दोस्रो संविधानसभा असफल बनाउन सक्दैन । संविधान जारी हुन्छ ।’’
एमाओवादीले काठमाडौंमा लाठीसहितका वाइसीएल प्रदर्शन गरेका थिए ।
केशव राना, बाँके
