समाचारशुक्रबार, फाल्गुण १५, २०७१
प्रक्रियासँग नडराउन एमाओवादीलाई सिंहको आग्रह
नेपाली कांग्रेसका महामन्त्री एवम् उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशनमान सिंहले एमाओवादीलाई प्रक्रियासँग नडराउन आग्रह गरेका छन् ।
दोलखास्थित नबिन माविको स्वर्ण महोत्सव मनाउन पुगेका सिंहले सहमतिबाटै संविधानसभाले प्रक्रिया अघि बढाउने बताए ।
उनले भने, ‘‘सहमतिका लागि हदैसम्म लचिलो हुन तयार छौं, तर सहमति नजुटे दुई तिहाईबाट संविधान जारी हुन्छ ।’’ सिंहले आन्दोलन भन्दा पनि सहमतिका लागि वार्तामा आउन आग्रह गरे ।
सिंहले संविधानसभालाई आफ्नो अजेण्डा भन्ने एमाओवादी संविधानसभाले अघि बढाउने प्रक्रियासँग भाग्न नहुने बताए ।
सर्मिला बुढाथोकी, दोलखा
