समाचारशनिबार, फाल्गुण १६, २०७१

मोर्चाले शक्ति प्रदर्शन गर्दै

हिमालखबर

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले काठमाडौंमा शक्ति प्रदर्शनको गर्दैछ ।

प्रदर्शनका लागि उपत्यका बाहिरवाट पनि कार्यकर्तालाई ल्याएको मोर्चाले विभिन्न ठाउँबाट जुलुस निकाल्दैछ । सहमतिमा संविधान निर्माणको दवाब दिन विपक्षी गठबन्धनले खुलामञ्चमा गर्न लागेको सभा अघि राजधानीको विभिन्न ५ वटा केन्द्रबाट बिहान ११ बजेबाट जुलुस सुरु हुने मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले बताए ।

उनका अनुसार जुलुस कलंकी, बालाजु, तिनकुने, गौशाला र लगनखेलबाट हुनेछ । नेता बाबुराम भट्टराईले कलंकीबाट नेतृत्व गर्ने जुलुस कालिमाटी, त्रिपुरेश्वर रंगशाला, वीरअस्पताल हुँदै खुलामामञ्चमा प्रवेश गर्नेछ ।

टोपबहादुर रायमाझी नेतृत्वको बालाजुबाट निस्केको र गिरिराजमणि पोखरेल नेतृत्वको गौशालको जुलुस कमलपोखरी कृष्ण पाउरोटी चोकमा जम्मा भएर पुतली सडक प्रदर्शनीमार्ग हुँदै विद्युत प्राधिकरण अगाडि खुल्ला मञ्च पुग्नेछ ।

यस्तै, नारायणकाजी नेतृत्वको जुलुस तिनकुनेबाट बबरमहल, थापाथली, त्रिपुरेश्वर, रंगशाला, वीरअस्पताल हुँदै सभास्थलमा प्रवेश गर्नेछ । वर्षमान पुनले नेतृत्व गरेको लगनखेलको जुलुस जाउलाखेल, कुपण्डोल, थापाथली,त्रिपुरेश्वर र वीरअस्पताल हुँदै कार्यक्रम स्थलमा पुग्ने तय गरिएको एमाओवादी महासचिव कृष्णबहादुर महराद्वाराजारी विज्ञप्तीमा जनाइएको छ ।

मोर्चाले १२ बजे झाँकी प्रदर्शन गरेपछि १ बजे आमसभा सुरु गर्दैछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>