समाचारबिहीबार, कार्तिक ९, २०६९
महिला क्रिकेटमा नेपाल पराजित
९ कार्तिकमा ग्वाङगोङ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ७९ रनको लक्ष्य पएको नेपाल पुरै ओभर खेलेर ५८ रनमा सीमित भयो ।
नेपालकातर्फबाट ब्याटिङ् गर्ने कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । श्रीलंकाले दिएको १२ रन नेपाली इनिङका लागि सबैभन्दा धेरै रन रह्यो । सरिता रानामगरले सर्वाधिक नौ रन बनाइन् । नेपालका चार जना व्याट्स वुमन रन आउट भए ।
यसअघि कप्तान रुबिना क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा सात रन दिएर ४ विकेट लिएपछि नेपालले श्रीलंकालाइ ७८ रनमा सीमित गरेको थियो ।
नेपालले दोस्रो खेलमा शुक्रबार बङ्गलादेशसँग खेल्ने छ । बङ्गलादेश पहिलो खेलमा चीनलाई हराउँदै अंक बटुल्न सफल भएको छ ।
