समाचारशनिबार, फाल्गुण १६, २०७१

जिल्ला प्रशासनदेखि सिंहदरवारसम्म कब्जा गर्ने दाहालको चेतावनी

हिमालखबर

एमाओवादी मोर्चाले १६ फागुनमा आयोजना गरेको आमसभामा नेताहरु । तस्वीर: देवकी बिष्ट

एमाओवादी मोर्चाले १६ फागुनमा आयोजना गरेको आमसभामा नेताहरु । तस्वीर: देवकी बिष्ट

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले जिल्ला सदरमुकामदेखि सिंहदरवारसम्म कब्जा गर्ने चेतावनी दिएका छन् ।

मोर्चाले काठमाडौंको खुल्लामञ्चमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै दाहालले जिल्ला सदरमुकाम कब्जा गर्ने चेतावनी दिए । उनले भने, ‘‘काठमाडौंको प्रदर्शन अन्तिम हो, काठमाडौंमा अव शक्ति प्रदर्शन हुँदैन । जिल्ला–जिल्ला कब्जा गरिन्छ ।’’

उनले प्रश्नावली समिति खारेज गरेर संवैधानिक राजनीतिक सम्वाद समितिलाई नब्युँताएसम्म वार्तामा नबस्ने बताए । दाहालले भने, ‘‘बरु मर्न तयार छु, तर अव झुक्दिन ।’’ दाहालले जनताले अव सिंहदरवार कब्जा गर्ने बताए ।

उनले देशलाई बबार्द बनाउनेहरुलाई बर्खास्त गरेर देश कब्जा गर्ने धम्की दिए  ।

एमाले चाहिदैन

दाहालले एमालेले आफ्ना अजेण्डा छोडेकाले अब कांग्रेससँग गाभिए  हुने भन्दै थपे,  ‘‘अजेण्डा नहुने एमालेको काम छैन, कांग्रेसमा गाभिए हुन्छ ।’’

उनले शासकीय स्वरुप र संघीयतामा एमालेले कांग्रेसको समर्थन गरेकाले एमाले नचाहिने बताए । दाहालले भने, ‘‘अजेण्डा नभएपछि छुट्टै पार्टी हुनुको अर्थ छैन, भ्रष्टाचार गर्न कांग्रेसमा पाइहालिन्छ ।’’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>