समाचारआइतबार, फाल्गुण १७, २०७१

टुंडिखेलमा मान्छेका टाउका गन्दैमा शक्ति हुँदैन: भीम रावल

हिमालखबर

Bhim-rawalएमाले उपाध्यक्ष भीम रावलले संविधानसभालाई प्रक्रियामा लैजाँदा गणितीय खेल भन्ने एमाओवादीले टुंडिखेलमा मानिसका टाउका गनेर शक्ति देखाउनु आफैंमा विरोधाभाषपूर्ण भएको बताएका छन् ।

१७ फागुनमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा रावलले भने, “टुडिखेलमा टाउको गनेर शक्ति देखाउने अनि संविधानसभामा टाउको गन्दा गणितीय खेल भन्ने ? भाटे जुलुस निकाल्दा जवरजस्ती नहुने तर, नियमवाली अनुसार अघि बढौं भन्दा बलजफ्ती हुने ?”

उनले केही मानिसहरु राजनीतिलाई अस्थिर पारेर मुलुक विगार्न लागेको दावी गर्दै अहिले पहाडलाई मधेशसँग छुट्याउने दुरासाय पनि त्यसैको उपज भएको जिकिर गरे ।

राष्ट्र प्रेम र अखण्डताको कुरा राणा, राजादेखि अहिलेसम्म जसले गरे पनि एउटै हुने भन्दै रावलले अखण्डताको कुरा गर्दा महेन्द्र पथ भन्नेहरु नै विखण्डनकारी भएको तर्क गरे ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘एमाले कांंग्रेसमा विलय भए हुन्छ’ भनेको प्रति लक्षित गर्दै रावलले प्रश्न गरे “एमाओवादी मधेशी मोर्चामा विलय भईसक्यो भनेर भन्दा हुने कि नहुने ?”

उनले सहमतिको लागि संयुक्त सरकार बनाएर अघि बढ्न कांग्रेस–एमाले तयार रहेको भन्दै आफूहरु अधिकतम लचिलो भएको दावी गरे ।

‘एमाओवादी मधेशी मोर्चामा विलय भैसक्यो भन्न मिल्ने कि नमिल्ने ?’
उनले टुंडिखेलमा मानिसका टाउका गन्दैमा शक्ति प्रर्दशन भन्ने हो भने एमाले एक्लै पनि त्यत्रो सभा गर्न सक्षम रहेको बताएका थिए ।

साक्षात्कारका अर्का सहभागी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देबले दलहरुवीच भिडन्त बढदै गए मुलुकमा घोर दक्षिणपन्थी शक्ति हावी हुने आशंका ब्यक्त गरे ।

उनले सहमतिको विकल्प नभएको र सहमति संबादबाटै बन्ने भन्दै सत्तारुढ दलहरुले बहुमतको बलमिच्याइँ छाडे आफूहरु संविधानसभाबाटै संविधान जारी गर्ने पक्षमा रहेको स्पष्ट पारे ।

उनले भने “सडकबाट संविधान बन्दैन । लोकतन्त्रमा गणितको अर्थ हुन्छ । तर संविधानसभा गणितबाट नभई नेपाली जनताको रगतसँग साटीएर आएको शान्ति प्रक्रियाको अंग भएकोले बलमिच्याइँ नगरौ ।”

उनले एमालेले कांग्रेसको काँधमा बन्दुक राखेर एमालेले पड्काईरहेको आरोप लगाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>