समाचारआइतबार, फाल्गुण १७, २०७१

विश्वकपमा पाकिस्तानको पहिलो जीत

हिमालखबर

during the 2015 ICC Cricket World Cup match between Pakistan andजारी विश्वकपमा जिम्बाबेलाई २० रनले हराउँदै पाकिस्तानले पहिलो जीत दर्ता गराएको छ ।

आफ्नो तेस्रो खेलमा जिते निकालेसँगै दोस्रो चरणमा जाने पाकिस्तानको सम्भावना जीवितै छ ।

१७ फागुनमा भएको खेलमा टस जितेर व्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा सात विकेट गुमाउँदै २३५ रन जोडेको थियो ।

पाकिस्तानका एम उलहकले सर्वाधिक ७३ रन जोडेका थिए । जावाफी ब्याटिङमा उत्रेको जिम्बाबे ४९.४ ओभरमा २१५ रनमा समेटियो । यसअघि भारत र वेष्ट इन्डिज विरुद्धका खेल गुमाएको पाकिस्तानले ३ खेलमध्ये १ मा मात्र जित निकालेको छ ।

त्यस्तै, चार खेल खेलेको जिम्बाबेले साउथ अफ्रिका, वेष्ट इन्डिज र पाकिस्तानसँगको खेल गुमाएको छ भने यूएईसँगको एक मात्र खेल जितेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>