समाचारआइतबार, फाल्गुण १७, २०७१

आरके मैनाली एमाले केन्द्रीय सदस्य मनोनित

हिमालखबर

urlझापा विद्रोहका अगुवा नेता राधाकृष्ण मैनालीलाई एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । यसअघि उनी एमाओवादी केन्द्रीय सल्लाहकार समितिका सदस्य थिए ।

मैनाली र संघीय समाजवादी पार्टी छोडेर एमालेमा फर्किएका विजय सुब्बालाई पनि एमालेले १७ फागुनमा केन्द्रीय सदस्य मनोनयन गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह अध्यक्षताको मन्त्रिपरिष्दमा  सहभागी हुँदै एमाओवादीमा प्रवेश गरेका मैनाली अहिले एमालेमा फर्किएका हुन् ।

केन्द्रीय सदस्य मनोनयन गरिएका मैनाली र सुब्बालाई दिने जिम्मेवारीबारे भने आगामी बैठकमा छलफल हुने एमालेका सचिव प्रदिप ज्ञवालीले बताए ।

उनले भने, ‘‘पार्टीमा कार्यविभाजन हुन बाँकी छ, प्याकेजमै मैनाली र सुब्बालाई पनि जिम्मेवारी दिइनेछ ।’’ एमालेले आजै १० जना केन्द्रीय सदस्यलाई शपथग्रहण पनि गराएको  गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>