समाचारसोमबार, फाल्गुण १८, २०७१
एमाओवादी मोर्चाको अभिव्यक्ति हतास मनस्थितिको उपज: एमाले
एमाओवादी मोर्चाका नेताहरुले १६ फागुनमा खुल्लामञ्चबाट एमाले विरुद्ध दिएको अभिव्यक्तिलाई नेकपा एमालेले हतास मनस्थितिको उपज भनेको छ ।
१७ फागुनमा बसेको स्थायी कमिटी बैठकले एमाओवादी नेताहरुले पार्टी नेतृत्वका विरुद्ध गरिएको गालीगलौज हतास मनस्थितिबाट आएको विश्लेषण गरिएको महासचिव ईश्वर पोखरेलले उल्लेख गरेकाछन् ।
एमालेले एमाओवादी मोर्चाका नेताहरुको अभिव्यक्तिलाई गैरजिम्मेवार भन्दै त्यस्तो अभिव्यक्ति र क्रियाकलापबाट रत्तिभर विचलित नभई सम्वाद र सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको छ ।

