समाचारसोमबार, फाल्गुण १८, २०७१

नेपाल र अष्ट्रेलियाबीच २८ चैतमा खेल हुने

हिमालखबर

philipक्रिकेट खेल्दाखेल्दै बलले लागेर निधन भएका अष्ट्रेलियाली ब्याट्सम्यान फिलिप ह्यूजको सम्मानमा नेपाल र अष्ट्रेलियाबीच २८ चैतमा काठमाडौंमा क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेपाल क्रिकेट संघको आग्रहमा दुई देशका टोलीबीच खेल हुनेमा अष्ट्रेलियाली क्रिकेट बोर्ड र ह्युजका परिवारले यसअघि नै सहमति जनाए पनि मिति भने तय हुन सकेको थिएन । क्यानले १८ फागुनमा मिति घोषणा गरेको हो ।

क्यानका अनुसार शनिबार, २८ चैतमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कुल ६३ ओभरको खेल हुनेछ ।

ह्युजको सम्मानमा नेपालले प्रस्ताव गरेकोे कार्यक्रम स्वीकृत, नेपाल र अष्ट्रेलियाबीच खेल हुने

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>