समाचारसोमबार, फाल्गुण १८, २०७१

दाहाललाई योगेशले भने, ‘मैदानबाट बाहिरिएपछि गोल कसरी गर्ने ?’

हिमालखबर

11009074_10205361676433810_677167758_nनेकपा एमालेका सचिव योगेश भट्टराईले सडक आन्दोलन छाडेर सहमतिका लागि तयार हुन एमाओवादीलाई आग्रह गरेका छन् ।

झापास्थित बीएनसी शिक्षण अस्पताल उद्घाटन कार्यक्रममा प्रमुख अतिथी बनेर मञ्चमा रहेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भट्टराईले भने, ‘‘मैदान छाडेर सडकमा गएपछि गोल कसरी गर्नुहुन्छ । आउनुहोस्, यो मैत्रीपूर्ण खेलमा सँगै गोल गरौं ।’’

दाहालले खुल्लामञ्चबाट बल कांग्रेस–एमालेको कोटमा भएको प्रसंग निकाल्दै भट्टराईले भने, ‘‘मैदानबाट बाहिरिए गोल गर्न सकिन्न । मैत्रीपूर्ण खेलमा तपाईँहरुलाई निम्तो छ ।’’ भट्टराईले दाहालाई संविधान निर्माणलाई प्रतिश्पर्धाको नभई मैत्रीपूर्ण खेलको संज्ञा दिए ।

विषेश अतिथी बनेका भट्टराईले एमाओवादी नेतालाई संविधान निर्माणमा विदेशी शक्तिको आश नगर्न आग्रह गरे । उनले भने, ‘‘हाम्रो समस्यामा डाँडापारीका मान्छेहरुको मुख नताकौं ।’’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>