नदी जमेपछि कर्णालीमा पानीको बहाव घट्यो
सुदुरपश्चिम हुँदै बग्ने कर्णाली नदीमा पानीको बहाव घटेको छ । अत्यधिक हिमपातका कारण हुम्लामा कर्णालीका सहायक नदीहरुमा पानी जमेपछि कर्णालीमा पानीको बहाव घटेको प्रहरीले जनाएको छ ।
कालिकोट प्रहरीले पनि कर्णाली नदीमा पानीको बहाव घटेको र त्यसको एकिन कारण थाहा नभएपछि सतर्कता अपनाइएको जनाएको छ । ठूलो नदीमा पानीको मात्रा घटेपछि नदी किनारका स्थानीयले माथि नदी थुनिएको आशंका गरेका छन् ।
हुम्लाका स्थानीय एवम् कांग्रेस नेता जीवनबहादुर शाहीले हुम्लामा फोन सम्पर्क हुन नसकेको तर, प्रहरी मुख्यालयबाट हुम्लामा अत्यधिक हिमपात भएको र नदीको पानी जमेका कारण नदीमा पानीको मात्रा घटेको जनाएको जानकारी दिए ।
