समाचारमंगलबार, फाल्गुण १९, २०७१

एमाओवादी र मधेशकेन्द्रित दलका कारण स्थानीय निकायको निर्वाचन भएन: उपप्रम सिंह

हिमालखबर

prakash_man_singhउपप्रधानमन्त्री प्रकाशमान सिंहले एमाओवादी र मधेशकेन्द्रीत दलका कारण स्थानीय निकायको निर्वाचन गर्न नसकिएको बताएका छन् ।

स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा स्थानीय निकायमा भ्रष्टाचार बढेको जनगुनासो आए पनि त्यसलाई सम्बोधन गर्न नसकिएको मन्त्री सिंहले बताए ।

स्थानीय विकासमन्त्री समेत रहेका सिंहले इलामको २१औँ जिल्ला परिषद्को १९ फागुनमा उद्घाटन गर्दै दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने भनेर जनतालाई भनिए पनि एमाओवादी र मधेशकेन्द्रीत दलहरुको विरोधका कारण हुन नसकेको जानकारी दिए ।

“संविधान जारी गर्न प्रक्रिया अघि बढाउँदा एमाओवादीलगायतका ३० दलीय मोर्चा सडक सङ्घर्षमा गएका छन्, सडकबाट कुनै निकास निस्कँदैन, वार्ता र सहमतिमा आउनुस्”, उनले भने ।

जनता आन्दोलन गर्दागर्दा वाक्क भएका छन्, आन्दोलन होइन सहमति र सहकार्यमा अघि बढ्न उनले ३० दलीय मोर्चालाई सुझाव दिए ।

जिल्ला विकास समिति इलामले आगामी आर्थिक वर्ष २०७२/७३ का लागि रु तीन अर्ब १३ करोड २० लाख ७३ हजारको बजेट सार्वजनिक गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>