समाचारमंगलबार, फाल्गुण १९, २०७१
एउटै मञ्चमा उभिएर कोइराला र दाहालले भने, ‘सहमति जुट्दैछ’
-सविता श्रेष्ठ, चितवन
प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले एउटै मञ्चमा उभिएर सहमति सकारात्मक दिशातिर बढेको बताएका छन् ।
चितवनमा २० फागुनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री कोइरालाले सहमतीय संविधानको प्रयत्न जारी रहेको बताए । उनले भने, ‘‘शान्ति र विकासका लागि संविधान अपरिहार्य छ, त्यसको प्रयत्न सकारात्मक दिशातिर अघि बढेको छ ।’’
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसँग एउटै मञ्चमा उभिएर संविधान निर्माणबारे धारणा राख्ने अवस्थाले सहमति सकारात्मक दिशातिर बढेको संकेत गरेको बताए ।
एसएलसीसम्म पढेको विद्यालय नारायणी विद्या मन्दिरले दाहाललाई पूर्व विद्यार्थीको सम्मान दिएको थियो ।
