समाचारमंगलबार, फाल्गुण १९, २०७१
खोज पत्रकारिता केन्द्रको सम्पादकमा शिव गाउँले
खोज पत्रकारिता केन्द्रको सम्पादकमा शिव गाउँले नियुक्त भएका छन् ।
केन्द्रले १९ फागुनमा गाउँलेलाई सम्पादक पदमा नियुक्त गरेको हो ।
दुइ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल गाउँले नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष र हिमाल खबरपत्रिकाका पूर्व सम्पादक हुन् ।
