समाचारबुधबार, फाल्गुण २०, २०७१
विवादित विषयमा छलफल शुरुः बडू
नेपाली कांग्रेसका प्रवक्ता दीलेन्द्र बडूले विपक्षी दलहरुसँग नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन अनाैपचारिक छलफल भइरहेकाे बताएका छन् ।
उनले सत्तापक्षसँग संविधान बनाउन दुई तिहाई मत भएपनि सहमतिबाटै संविधान बनाउन छलफल भइरहेकाे बताए । उनले भने, “विपक्षी मोर्चासँग संविधानका अन्तरवस्तुमा छलफल भइरहेकाले संविधान निर्माणमा ढिलाइ भइरहेकाे छ ।”
बडूले भने, “प्रक्रियामा गएर संविधान निर्माण गर्न स्पष्ट बहुमत छ । तर बहुमतमा संविधान बनाउँदा दिगो हुँदैन ।” उनले सबै पक्षलाई समेटेर लामो समयसम्म टिक्ने संविधान बनाउन कांग्रेस नेतृत्व लागिपरेको बताए ।
