समाचारबुधबार, फाल्गुण २०, २०७१

सत्तापक्षले हाम्रो पार्टी फुटायोः एमएस थापा

हिमालखबर

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापाले सत्ता पक्षले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् ।

उनले हिमालखबरसँग भने, ‘‘पार्टी फुटाउनुपर्ने अन्य केही कारण छैन, उहाँहरुले सत्ता पक्षको आश्वासनमा नयाँ पार्टी खोल्नुभयो ।’’ थापाले दुवै सभासद्लाई राजीनामा दिन पनि पार्टीले दबाव नदिएको बताए ।

उनले भने, ‘‘बरु उहाँहरु आफैंले एक बर्षपछि राजीनामा दिन्छौं भनेर सभासद् हुनुभएको हो । अहिले सँधैभर सभासद् हुने रहर पनि लाग्यो होला ।’’

१९ फागुनमा राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक दर्ता गराएका सभासद् शिवलाल थापा र सीमाकुमारी विकसँग फोन सम्पर्क हुन नसकेको अध्यक्ष थापाले बताए । दुई सभासद् मात्रै रहेको उक्त पार्टीबाट बाहिरिएका दुवै सभासद्लाई फर्काउने प्रयत्न गर्ने पार्टीको तयारी छ ।

नयाँ पार्टी दर्ता गराएका सभासद् थापा र विक अहिले सम्पर्क बाहिर छन् । संसदीय दलको प्रमुख रहेका थापा र सचेतक विक संसद् सचिवालयसँग पनि सम्पर्कमा नरहेको सचिवालय स्रोतले बताएको छ ।

स्रोतका अनुसार संसद् नियमावली अनुसार अव नयाँ पार्टीले संविधानसभा र संसद्‌मा वैधानिकता पाउने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>