समाचारबुधबार, फाल्गुण २०, २०७१
सहजीकरण गरिदिन दाहालले माधव नेपाललाई आग्रह गरे
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई सहमतीय संविधान निर्माणका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
दाहालले दलहरुबीच बढेको ध्रवीकरण अन्त्य गर्दै सहमति जुटाउन नेपाललाई अग्रसरता देखाउन आग्रह गरेका हुन् ।
२० फागुन विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशील कोइरालासँग अनौपचारिक वार्ता गरेका दाहालले नेपाललाई भेटेरै अगुवाई गरिदिन आग्रह गरेका थिए ।
माधव नेपालका स्वकीय सचिव नितेश पौडेलका अनुसार दाहाल नेपाललाई भेट्न कोटेश्वर नै पुगेका थिए ।
