समाचारबुधबार, फाल्गुण २०, २०७१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ फागुन अपराह्नसम्म बन्द

हिमालखबर

तस्वीर: विक्रम राई

तस्वीर: विक्रम राई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ फागुन अपराह्न ४ बजेसम्मका लागि बन्द गरिएको छ ।

२० फागुन विहान दुर्घटना भएको टर्किस एयरलाइन्सको विमानले अवरोध पुर्याउँदा अन्तर्राष्ट्रिय उडान सेवा बिहीबार, २१ फागुन अपराह्न ४ बजेसम्मका लागि बन्द गरिएको हो ।

रनवे भन्दा केही पर घासे मैदानमा जोतिएको विमानको केही भागले रनवेलाई समेत छेकेकाले अन्य विमान अवतरण गर्न सक्ने अवस्था छैन ।

त्यसरी दुर्घटनामा परेको विमान सार्नलाई चाहिने विशेष प्रकारको उपकरण नेपालमा नभएकाले विमान त्यहाँबाट हटाउन समस्या भएको हो ।

उक्त विमान भारी वजन (heavy catagory) भएको तथा विमानका सबै चक्काहरु परिवर्तन गर्न सम्भव नभएकोले उक्त वायुयानलाई removel equipment को सहायताले सार्नु पर्ने भए पनि नेपालमा त्यस्तो उपकरण नभएकोले समस्या परेको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

विमान रन वेबाट हटाउनका लागि विदेशी उपकरण तथा दक्ष जनशक्ति समेत परिचालन गर्न आवश्यक भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डययन कार्यालयका महाप्रवन्धक वीरेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।
———————————————————————-

दुर्घटनाग्रस्त विमान हटाउन नसक्दा विमानस्थल बन्द
बुधबार , २० फागुन २०७१ १:२८ पम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २० फागुन विहान दुर्घटना भएको टर्किस एयरलाइन्सको विमानले अवरोध पुर्‍याउँदा अन्तर्राष्ट्रिय उडान सेवा बेलुका ५ बजेसम्मका लागि बन्द गरिएको छ ।

रनवे भन्दा केही पर घासे मैदानमा गएर रोकिएको उक्त विमानको केही भागले रनवेलाई समेत छेकेकाले अन्य विमान अवतरण गर्न सक्ने अवस्था छैन ।

त्यसरी दुर्घटनामा परेको विमान सार्नलाई चाहिने विशेष प्रकारको उपकरण नेपालमा नभएकाले विमान त्यहाँबाट हटाउन समस्या भएको हो ।

अन्य उपायबाट विमान हटाउँदा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको विधि र विमान इन्सुरेन्स लगायतका समस्या हुने हुँदा सहजै विमान सार्न सकिने अवस्था नरहेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

विदेशबाट विमान सार्ने उपकरण ल्याउनका लागि पनि विमानस्थल अवरुद्ध भएकाले संभव छैन ।

अहिले उक्त समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने बारे उच्चअधिकारीहरुको विमानस्थलमा बैठक बसिरहेको छ भने आपतकालीन समन्वय केन्द्र पनि सक्रिय पारिएको नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक वीरेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

१२ बजेदेखि आन्तरिक उडान सेवा भने सुचारु भएको छ । ५ हजार फिट रनवेमा उड्न र अवतरण गर्न सक्ने विमानहरुको सेवा सुचारु भएको विमानस्थलका टेकनाथ सिटौलाले बताए ।

२० फागुन विहान ७ः४५ बजे टर्कीको इस्तानबुलबाट २४६ यात्रु लिएर आएको टिके–७२६ एयरबस विमानको पांग्रामा समस्या आएपछि रनवे छोडेर घासे मैदानमा जोतिएको थियो ।

विमानका सबै यात्रु स–कुशल छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>