समाचारबिहीबार, फाल्गुण २१, २०७१

अझै आइपुगेन भारतबाट एयर फोर्सको विमान

हिमालखबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग अवरुद्ध भएका कारण आज पनि सबै अन्तर्राष्ट्रिय उडान ठप्प रहेका छन् ।

टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ विमान अवतरण गर्ने क्रममा २० फागुन बिहान धावन मार्गको पश्चिमपट्टि किनारमा अड्किएर धावन मार्ग अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय उडान रद्द गरिएको थियो । विमानस्थलबाट हुने आन्तरिक उडान भने नियमितरुपमा भइरहेको छ ।

विमानस्थलले धावन मार्गमा अड्किएको सो विमानलाई हटाई सुरक्षित स्थानमा लैजान आज भारतबाट इन्डियन एयर फोर्स विमान ‘एयर क्राफ्ट रिमुएभल किट’ ल्याउने तयारी गरेको भए पनि अहिलेसम्म आइपुगेको छैन ।

बिहान ८ बजे एयर फोर्स आउने भनिए पनि यो समाचार तयार पार्दासम्म आएको छैन ।

विमानस्थलका प्रबन्धक पूर्णप्रसाद चुडालले भारतले बिहान ८ बजेको उड्ने समय दिएको भए पनि अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको बताए ।

उनले इयर फोर्स ल्याउनका लागि भारतीय पक्षसँग थप कुराकानी भइरहेको बताएका छन् ।

यसअघि विमानस्थलले भारतबाट इन्डियन एयर फोर्सको विशेष विमान आज बिहान ८ बजे आइपुग्ने र धावन मार्गमा अड्किएको विमान हटाएर सुरक्षित स्थानमा लगी अपराह्न ४ बजेपछि अन्तर्राष्ट्रिय उडान सुचारु हुने जनाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>