समाचारशुक्रबार, फाल्गुण २२, २०७१
कोइराला र दाहालबीच भेट, २३ फागुनदेखि औपचारिक वार्ता शुरु हुने
संविधान निर्माणमा सहमति जुटाउन दलहरुवीच रोकिएको औपचारिक वार्ता शनिबार, २३ असोजदेखि फेरि शुरु हुने भएको छ ।
२२ असोज विहान प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालवीच भएको भेटमा शनिबार औपचारिक वार्ता गर्ने सहमति भएको हो ।
दलहरुवीच २३ फागुन विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता गर्ने सहमति भएको दाहालका स्वकीय सचिव चुडामणी खड्काले जानकारी दिए ।
उनीहरुवीच गत ५ माघमा दलहरुवीच भएको छलफललाई आधार मानेर वार्ता गरी २६ फागुनसम्म सहमति जुटाउने सहमति पनि भएको छ ।
११ माघमा संविधानसभाले विपक्षीहरुको असहमतिका बाबजुद प्रस्ताव समिति गठन गरेपछि सत्तापक्ष र विपक्षीहरुवीचको वार्ता रोकिएको थियो ।
