समाचारशुक्रबार, फाल्गुण २२, २०७१
कास्की बस दुर्घटनामा पाँच जनाको मृत्यु
कास्कीको सराङकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।
चिसापानीबाट बाग्लुङ जादै गरेको ग १ ख ४८४९ नम्बरको बस दुर्घटना हुँदा २ महिला र ३ पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
