समाचारशुक्रबार, फाल्गुण २२, २०७१
सहमतिबाटै संविधान बनाउछाैंः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले आफूहरुले सहमतिबाटै लोकतान्त्रिक संविधान बनाउन चाहेको बताएका छन् ।
प्रेस चौतारी तनहुँको आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मन्त्री अधिकारीले संविधान निर्माणमा आफूहरु कसैलाई पनि अपमान वा उपेक्षा गरेर अगाडि बढ्न नचाहेको स्पष्ट पारे ।
मन्त्रालयका प्रेस संयोजक सुजन ज्ञवालीले स्वास्थ्य मन्त्रालयले पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य व्यवस्था मिलाउन र स्वास्थ्य क्षेत्रबाट भएका उल्लेखनीय कामबारे जनतालाई जानकारी दिन पाँच वटै विकास क्षेत्रमा पत्रकारका लागि गोष्ठी सञ्चालन गरिएको बताए ।
