समाचारशुक्रबार, फाल्गुण २२, २०७१

मालीगाउँमा शीर्ष नेताहरुको डिनर

हिमालखबर

पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाले शीर्ष नेताहरुलाई आफ्नो निवास मालीगाउँमा डिनर दिएका छन् ।

थापाले संविधानसभाका विभिन्न दलका प्रमुखहरुलाई डिनर दिएका हुन् । उनको डिनरका लगि नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधवकुमार नेपाल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेताहरु पुगेका छन् ।

यस्तै, मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका विजय गच्छदार, तमलोपाका महन्त ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपाका अध्यक्ष पशुपति समशेर जबरा, नेकपा मालेका महासचिव सीपी मैनाली पनि मालीगाउँ पुगेका छन् ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा थापाले शीर्ष नेताहरु र पूर्वप्रधानमन्त्रीहरुलाई डिनर निम्तो दिएका थिए । २३ फागुनमा विपक्षीसँग राखिएको वार्तालाई यो जमघटले सहयोग पुग्ने अनुमान गरिएको छ । पूर्व प्रधानमन्त्री तथा एमाअाेवादीका नेता बाबुराम भट्टराई भने भारतबाट नअाइपुगेकाले डिनरमा सहभागी छैनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>