समाचारशुक्रबार, फाल्गुण २२, २०७१
गुरुङले सर्वपक्षीय सभाको माग गरे
नेकपा–माओवादीका सचिव देव गुरुङले सर्वपक्षीय राजनीतिक सभाको माग गरेका छन् ।
नवलपरासी पुगेका गुरुङले यसअघि सर्वपक्षीय सम्मेलनका नाममा सत्ता पक्षले झारा टार्ने काम गरेको भन्दै सार्थक सम्मेलनको माग गरे । उनले भने, ‘‘संयुक्त र सर्वपक्षीय सम्मेलनबाट अग्रगामी संविधान बनाउनु उचित हुन्छ ।’’
संविधानसभा निर्वाचन बहिष्कार गरेको माओवादीका सचिव गुरुङले संविधानसभाबाट अग्रगामी संविधान नबन्ने बताए ।
