समाचारशुक्रबार, फाल्गुण २२, २०७१

१५ जेठमा संविधानः नेपाल

हिमालखबर

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गणतन्त्र स्थापना भएको दिन १५ जेठमा संविधान जारी गर्नुपर्ने बताएका छन् ।

रौतहटमा अायाेजित अन्तरक्रियामा उनले संविधान लेखनको समयतालिका परिमार्जन गरी १५ जेठमा संविधान जारी गर्ने गरी काम अघि बढाउनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले दलबीच सहमति नहुँदा राजावादीको चलखेल बढेको उल्लेख गर्दै त्यसले गर्दा भएका उपलब्धिलाई संस्थागत गर्नका लागि पनि दलहरुबीच सहमति गर्नुपर्ने बताए ।

यो हप्ताभित्रमा दलहरुबीच सहमति हुनेमा आफू आशावादी भएको भन्दै उनले वार्ता र सहमतिकै माध्यमबाट संविधानका नमिलेको विषयमा सहमति गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>