समाचारशनिबार, फाल्गुण २३, २०७१
शीर्ष बैठक सकियोः चार शीर्ष नेतालाई सहमति खोज्ने जिम्मा
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक सकिएको छ ।
विहान ९ बजे बस्ने भनिएपनि ११ मात्रै सुरु भएको बैठकले सहमतिको प्रयत्न गर्न चार शीर्ष नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, मधेशी जनाधिकार फोरमका अध्यक्ष विजय गच्छदारलाई सहमतिको प्रयत्न गर्ने जिम्मेवारी दिएको छ ।
अर्काे, बैठकको मिति प्रधानमन्त्रीले समन्वय गरेर बोलाएने सहमति भएको छ ।
प्रधानमन्त्री निवासमा शीर्ष बैठक जारी
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्ष र विपक्षीका शीर्ष नेताहरुबीच वार्ता जारी छ ।
वार्तामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् । उनी विरामी भएको खबर लिएर उपाध्यक्ष तथा गृहमन्त्री बामदेव गौतम पुगेका छन् ।
अहिले शीर्ष नेताहरुले धारणा राखिरहेका छन् । प्रधानमन्त्री सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला छन् भने एमालेका गौतम र महासचिव ईश्वर पोखरेल छन् ।
यस्तै, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ छन् भने मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, तराई मधेश सद्भावना पार्टी महिन्द्र यादव, संघीय समाजवादीका अशोक राई, संघीय लिम्बुवान पार्टीका कुमार लिङदेन र थरुहट तराई पार्टीका भानुराम थारुलगायत छन् ।
