समाचारशनिबार, फाल्गुण २३, २०७१
‘विदेश हस्तक्षेपलाई निम्तो दिएर भट्टराई फर्के’
-देविका घर्ती मगर, दाङ
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमाओवादीका नेता बाबुराम भट्टराईले वैदेशिक हस्तक्षेपलाई निम्तो दिएर स्वेदश फर्केको बताएका छन् ।
प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले भने, ‘‘भट्टराईले दिल्लीमा दिएको अभिव्यक्तिले नेपालको स्वधानितामाथि प्रश्न उठेको छ ।’’ उनले नेपालको आन्तरिक समस्या आफैंले समाधान गर्नुपर्ने बताए ।
उनले भने, ‘‘सहमति र सहकार्यबाट विवादका विषय टुंग्याऔं भनेर कांग्रेस एमालेले प्रक्रियालाई रोकेको अवस्थामा भट्टराईले दिल्लीमा राजनीतिक दलका नेताहरुको नामै किटाएर जुन अभिव्यक्ति दिनुभयो त्यसले नेपालमा वैदेशिक हस्तक्षेप बढाउँछ ।’’
ज्ञवालीले ५ माघमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले गरेको प्रस्तावबाटै सहमतिको प्रयत्न अघि बढ्ने बताए ।
उपाध्यक्ष ज्ञवालीले आफुहरुले पूर्व राजा ज्ञानेन्द्रसँग कुनै सहमति नगरेको बताए । उनले भने, ‘‘हामीले केही सहमति गरेका छैनौं, गिरिजाबाबुले गरेको भएपनि थाहा छैन ।’’
