समाचारशनिबार, फाल्गुण २३, २०७१
यसरी हटाइदैछ दुर्घटनाग्रस्त विमान (तस्वीरहरु)
२० फागुनमा दुर्घटनामा परेको टर्किस एयरको विमान हटाउने प्रयास भइरहेकाे छ ।
विमानस्थल साँझसम्म सञ्चालनमा ल्याइने बताइएकाे छ । अहिले भारतीय प्राविधिक टाेलीले विमानस्थलबाट दुर्घटनाग्रस्त विमान हटाउने प्रयत्न गरिरहेकाे छ। रनवेमा निकालिएको विमानलाई जहाज पार्किङमा लगिएपछि विमानस्थल खुल्ने भएको हो ।
२३ फागुन विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पत्रकार सम्मेलन गर्दै दिउँसाे २ बजेबाट विमानस्थल सञ्चालनमा हुने जानकारी गराइएपछि यात्रु विमानस्थल पुगेका छन् । तर, विमान हटाउन समय लागेपछि यात्रुहरु पुन अलपत्र बनेर बसिरहेका छन् ।














