समाचारशनिबार, फाल्गुण २३, २०७१
पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो
विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई २९ रनले पराजित गरेको छ ।
डीएल विधि अनुसार पाकिस्तानले दक्षिण अफ्रिकालाई पराजित गरेको हो । पानी परेपछि ४७ ओभरमा छोट्याइएको खेलमा पाकिस्तानले २३२ रनको चुनौती दिएको थियो ।
तर, दक्षिण अफ्रिकाले ३३.३ ओभरमा अलआउट हुँदै २०२ रन मात्रै जोड्न सफल भयो ।
