समाचारशनिबार, कार्तिक ११, २०६९

महाकालीमा एक वर्षमा २२२ जना बेपत्ता

हिमालखबर

पछिल्लो एक वर्षमा मात्रै महाकालीबाट १२८ महिला हराएका छन् । सबैभन्दा बढी कञ्चनपुरबाट ८६ महिला हराएका छन् भने डडेल्धुरा, बैतडी र दार्चुलाबाट क्रमशः १८, १० र १४ महिला हराएका छन् । यसै गरी गत वर्ष हराउने पुरुषको सङ्ख्या ४२ रहेको छ भने बालकको सङ्ख्या २७ र बालिकाको सङ्ख्या २५ रहेको छ ।

गत वर्ष हराएकामध्ये ६६ जना मात्र फेला परेको अञ्चल प्रहरी कार्यालय महेन्द्रनगरले जनााएको छ । पहाडी तथा तराईका जिल्लामा हराएका महिला तथा बालबालिकामा आधाभन्दा बढीको अझै पत्तो लाग्न सकेको छैन ।

अञ्चल प्रहरी कार्यालयका अनुसार कञ्चनपुरमा मात्रै बेपत्ता भएका १४५ पुरुष, महिला तथा बालबालिकामध्ये १५ जना मात्रै फेला परेका छन् । डडेलधुरामा ३७ बालबालिका तथा पुरुष महिला बेपत्ता भएकामा ३५ जना फेला परेका छन् । यसैगरी बैतडीमा हराएका १७ जनामध्ये ७ जना फेला परेका छन् भने दार्चुलामा २३ जनामध्ये ९ जना मात्रै सम्पर्कमा आएका छन् ।

मानव बेचविखन तथा अपहरणलाई कम गर्ने उद्देश्यले महाकाली अञ्चलका प्रहरी कार्यालयमा महिला तथा बालबालिका सेवा केन्द्र स्थापना गर्न दरबन्दी कायम गरे पनि जनशक्तिको अभाव रहेको अञ्चल प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>