समाचारशनिबार, फाल्गुण २३, २०७१

‘वार्ताले सहमतिकाे ढाेका खाेल्याे, अव गालीगलाैज बन्द गराैं’

हिमालखबर

प्रधानमन्त्री निवासमा भएकाे माेर्चासँगकाे वार्तामा सहभागी नेताहरु । तस्वीरः रासस

प्रधानमन्त्री निवासमा भएकाे माेर्चासँगकाे वार्तामा सहभागी नेताहरु । तस्वीरः रासस

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माेर्चासँग सुरु भएकाे वार्ताले सहमतिकाे ढाेका खाेल्ने विश्वास व्यक्त गरेका छन् ।

भक्तपुरमा अायाेजित एक कार्यक्रममा नेता नेपालले नयाँ बर्षसँगै देशले निकास पाउने बताएका छन् । उनले भने, “आजबाट बालुवाटारमा सुरु भएको वार्ताले सहमतिको ढोका खुल्ने विश्वास लिएकाे छु ।”

नेता नेपालले देश सङ्क्रमणमा गुज्रिएको अवस्थामा छिटो संविधान जारी गर्ने सबैको चाहना रहेको बताए । उनले ८ माघमा टरेर गए पनि नयाँ वर्षको आगमनसँगै संविधान जारी हुने दाबी गरे ।

नेपालले भने, “शक्ति प्रदर्शन गर्ने, गालीगलौज गर्ने समय सकियाे । शक्ति प्रदर्शन गर्नेले पनि गरे, अब शक्ति प्रदर्शन गर्ने, एकअर्कालाई हप्काउने, गालीगलौज गर्ने, घुर्काउने, तर्साउने समय गयो । गम्भीर भएर जनचाहनाअनुसारको संविधान बनाउने बेला आएको छ, यसलाई पूरा गराैं ।”

संघीयताका विवादित विषयमा देशको भौगोलिक अखण्डता, जातीय एकतामा खलल नपुग्ने गरी जनताको चाहनालाई सम्बोधन गर्ने गरी यो विषयलाई टुङ्गोमा पुर्‍याउननुपर्ने उनले बताए । संविधान जारी गरेर देशलाई आर्थिक उन्नति र विकासमा लम्कनुपर्नेमा उनकाे जोड थियाे ।

२३ फागुन विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे माेर्चासँगकाे वार्ताले सहमतिका लागि अर्काे वार्ता जारी राख्ने निर्णय गरेकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>