समाचारशनिबार, फाल्गुण २३, २०७१
विमानस्थल आज पनि खुलेन
दुर्घटनाग्रस्त टर्किस एयरको विमान हटाउन नसक्दा आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा आउन सकेन ।
२० फागुनमा दुर्घटनामा परेको विमान २२ फागुनमै हटाइने भनिएपनि आज साँझसम्म हटाउन सकिएको छैन । विमानस्थल २३ फागुन दिउँसो २ बजे सञ्चालनमा आउने जानकारी पछि विमानस्थल पुगेका यात्रुहरु निरास बनेर फर्किएका छन् ।
विमानलाई पार्किङ स्थलतर्फ लैजाने क्रम जारी रहेकाले २४ फागुनदेखि विमानस्थल सञ्चालन अाउने संवभाना रहेकाे जनाइएकाे छ । रातकाे १२ बजेसम्म विमानस्थल बन्द रहने जानकारी दिइएकाे छ ।
अन्तर्राष्ट्रिय उडान साँझ ६ बजे खुल्न सक्ने
अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान दिउँसो २ बजे सञ्चालन हुने भन्दै यात्रुहरुलाई बाेलाइएपनि उडान नहुँदा यात्रुहरु अलपत्र परेका छन् ।
टर्किस एयरको जहाजलाई तानेर पार्किङस्थलतर्फ लैजाने क्रममा सन्तुलन बिग्रिएका कारण जहाज अड्किएपछि तान्न समय लाग्ने भन्दै विमानस्थलले सूचना जारी गरी अन्तर्राष्ट्रिय उडान बन्द गरेको जनाएको हो ।
यसअघि विमानस्थलले पत्रकार सम्मेलन गरी २० फागुनदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज २ बजेबाट सुचारु हुने जानकारी दिइएको थियो ।
टर्किस एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन ।
चारदिनसम्म विमानस्थल बन्द हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् । आज दिउँसो २ बजेबाट अन्तर्राष्ट्रिय उडान सुचारु हुने सूचना पाएर विमानस्थल पुगेका केही यात्रुहरु निरास भएर फर्किएका छन् । टर्किस एयरको विमानलाई तानेर पार्किङ स्थल पुर्याउन लामो समय लाग्ने तथा प्राविधिक जटिलता हुने भएकाले अझै विमानस्थल सञ्चालनबारे यकिन भएको छैन ।





