समाचारशनिबार, कार्तिक ११, २०६९

मुसलमानहरु ईद उल अजाह मनाउँदै

हिमालखबर

बकरइद पनि भनिने यो इद इस्लामी हिजरी संवतको जिलहिज्जा महिनाको ११ देखि १३ तारिख अर्थात् आजदेखि तीन दिनसम्म मनाईने इदमा तिर्थाटनको पनि विशेष महत्व छ ।

अहिले साउदी अरेबियाको मक्कामा हज गर्ने तीर्थयात्रीको ठुलो भीड लागेको छ । हिन्दूहरुले जस्तै मुसलमानहरुले पनि मस्जिदमा नमाजलगायतमा धर्मग्रन्थ पाठ तथा प्रार्थना गर्दै बलि दिने प्रचलन छ । नेपालमा मुसलमानहरुले पनि खसी बोका भेडा वा बाख्राको बलि दिन्छन् । अरबी मुलुकहरुमा भने दुम्बा अथवा उँटको बली दिने चलन छ ।

कुरानमा उल्लेख भए अनुसार अल्लाहले हजरत इब्राहिमसँग सबैभन्दा प्यारो वस्तुको वली माग्दा हजरत इब्राहिमले आफ्नो अति प्यारो पुत्र हजरत इस्माइलको बलिस्वरुप त्याग वा कुर्वानी दिन तत्परता देखाएको हुँदा त्यस दिनदेखि इदको चाड मनाउन थालिएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>