समाचारआइतबार, फाल्गुण २४, २०७१

केपी ओलीले बहाना बनाएः दाहाल

हिमालखबर

dahalएमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहाना बनाएर वार्तामा नआएको बताएका छन् ।

२४ फागुनमा नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा दाहालले वार्ताका लागि सत्ता पक्ष गम्भीर नदेखिएको बताए । उनले भने, ‘‘कांगेसका नेताहरु आएपनि एमालेका निर्णायक नेताहरु वार्तामा आएनन् ।’’

दाहालले ओलीले बहाना बनाएर वार्तामा नआएको बताए । २३ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा अस्वस्थ भएको भन्दै एमाले अध्यक्ष ओली अनुपस्थित थिए ।

उनले आफूहरुले वार्तामा बस्न गरेको लचकतालाई सत्तारुढ दलले हल्काफुल्का लिएर समय कटाउने खेल सम्झिए परिणाम गम्भीर हुने र मुलुकको राजनीति नयाँ दिशातिर अगाडि बढ्ने चेतावनी दिए । गम्भीरतापूर्वक वार्तामा बस्नुपर्ने नेताहरु कोही बिरामी भएको वहानामा नआउने, कोही देश विदेशको भ्रमणमा जाने प्रवृत्तिले सहमति हुनेमा आफूहरु शसङ्कित रहेको उनले बताए ।

पछिल्लो दिनमा सुरु भएको प्रमुख दलबीचको वार्ता पनि यही फागुन १६ गतेको जनप्रदर्शनका कारण अगाडि बढेको दाबी गर्दै उनले वार्तामा अल्मल्याएर आन्दोलन भाँड्ने योजनामा कोही लागेको भए त्यसले ल्याउने परिणाम पनि गम्भीर हुने जिकिर गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>