समाचारसोमबार, फाल्गुण २५, २०७१

वार्तामा बस्नेहरुको अक्षमताले सहमति जुट्न सकेनः ज्ञवाली

हिमालखबर

-गगनशिला खड्का, गुल्मी

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले वार्तामा बस्ने नेताहरुको अक्षमताको कारण वार्ता सार्थक बन्न नसकेको बताएका छन् ।

गुल्मी पुगेका ज्ञवालीले दोस्रो संविधानसभाको निर्वाचनदेखि अनेकन बखेडा झिकिरहेको एमाओवादी नेताहरुसँग वार्तामा बस्ने नेताहरुले क्षमता प्रदर्शन गर्न नसकेको बताए ।

उनले भने, ‘‘प्रधानमन्त्री सुशील कोइरालासँग एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अनौपचारिक वार्ता गरिरहेका छन्, तर निष्कर्षमा पुग्न सकेको छैन । वार्तामा बस्नेहरुको अक्षमताले यस्तो भइरहेको छ ।’’

उनले एमाओवादी मोर्चा वार्तामा बस्ने भन्दा पनि कांग्रेस र एमालेबीच खेल्ने प्रयत्न गरिरहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>