समाचारसोमबार, फाल्गुण २५, २०७१

संसदीय समिति बैठकमा एमाओवादी सहभागी

हिमालखबर

११ माघदेखि संसदीय समिति बहिष्कार गरेको एमाओवादी मोर्चा समितिको गतिविधिमा फर्किएको छ ।

२५ फागुनमा बसेको विकास समिति, कृषि तथा जलस्रोत र राज्य व्यवस्था समितिको बैठकमा एमाओवादी मोर्चा सहभागी भएको छ । सत्तारुढ दलहरुसँग नयाँ संविधानका अन्तर्वस्तुमा विमति भएपछि मोर्चाले संसदीय समिति पनि बहिष्कार गरेको थियो ।

सामाजिक व्यवहार सुधार विधेयक संशोधन उपसमिति गठन

राज्य व्यवस्था समितिको बैठकले सामाजिक व्यवहार सुधार विधेयक संशोधन गर्न उपसमिति गठन गरेको छ ।

प्राप्त संशोधन अध्ययन गरी प्रतिवेदन तयार पार्न नबिन्द्रराज जोशीको संयोजकत्वमा उपसमिति गठन भएको हो । उपसमितिमा रामेश्वर फुयाल, सीता गुरुङ, रबिन्द्र प्रताप शाह, बृजेशकुमार गुप्ता, गौरीकुमार ओली र अइन्द्रसुन्दर नेम्वाङ छन् ।

उपसमितिले प्राप्त संशोधन सुझाव अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>