समाचारसोमबार, फाल्गुण २५, २०७१
पाखण्डीहरुले मेरो चरित्र हत्या गरेः बाबुराम
एमाओवादीका नेता बाबुराम भट्टराईले पाखण्डीहरुले आफ्नो चरित्र हत्या गर्दै राष्ट्रियताको गोहीको आँशु झारेको बताएका छन् ।
भारतबाट फर्किएपछि भट्टराईले फेसबुकमार्फत आफ्नो भ्रमणको विरोध गर्नेहरुलाई पाखण्डी र आलाकाँचा ‘क्रान्तिकारी’को संज्ञा दिएका छन् ।
उनले लेखेका छन्, ‘परिवर्तनकारी शक्ति/व्यक्तिहरुको मानमर्द/चरित्र हत्या गरेर समग्र क्रान्तिकारी परिवर्तनको प्रक्रियामा बञ्चरो प्रहार गर्नु रहेको स्वतः प्रष्ट हुन्छ ।’’ भट्टराईले नेकपा–माओवादीलाई आलाकाँचाको संज्ञा दिदै भूलवस बहकिएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘‘ भित्रभित्र विदेशीको गुलामी गर्ने, विदेशी दूतावासको एउटा डेस्क अफिसरले मदिरापानको निम्तो दिंदा टाउकाले टेकेर हाम्फाल्दै जाने र निजी स्वार्थकालागि राष्ट्रिय हित तिलांजली दिनेहरुको पाखण्डी चरित्रवारे कुनै थप टिप्पणी आवश्यकै छैन।’’

