समाचारसोमबार, फाल्गुण २५, २०७१
‘सहमतिका नाममा संविधानसभा बाइपास गर्न सकिन्न’
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पूर्व संक्रमणकालीन अवस्थामा गरिएका सहमति र सम्झौताका नाममा संविधानसभालाई बाइपास गरेर कुनै हालतमा संविधान निर्माण प्रक्रिया अघि बढ्न नसक्ने बताएका छन् ।
नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस नेता पौडेलले विगतमा गरिएका सम्झौताका कुरा तेर्साएर संविधानसभाको मुल मर्मलाई कुण्ठित पार्दै संविधानसभा बाहिरबाट संविधान बनाउने काम हुनै नसक्ने बताए ।
नेता पौडेलले भने, “सहमति र सम्झौताभन्दा संविधानसभा ठूलो हो । ती गरिएका सहमति र सम्झौता उल्टाएर हेरौँ त्यसको अन्तिम निर्णय भने संविधानसभाले नै गर्नेछ भनी लेखिएको छ ।”
