समाचारसोमबार, फाल्गुण २५, २०७१

राप्रपा नेपालमा समानान्तर समिति

हिमालखबर

राप्रपा नेपालका नेता पद्यसुन्दर लावतीको अध्यक्षता समानान्तर केन्द्रीय समिति घोषणा गरिएको छ ।

पार्टीका असन्तुष्ट समूहले लावतीको अध्यक्षतामा १६५ सदस्य समानान्तर केन्द्रीय कार्य समिति घोषणा गरिएको हो । पार्टी नीति बिपरित अध्यक्ष कमल थापाले गतिविधि सञ्चालन गरेको भन्दै समानान्तर समिति घोषणा गरिएको लावतीले बताए ।

समानान्तर समितिमा एक सहअध्यक्ष, ६ उपाध्यक्ष र दुई महामन्त्री रहेका छन् । कमल थापाले आफ्नै भाई गणेश थापालाई मनोनित सभासद् बनाएदेखि असन्तुष्टि चुलिदै गएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>