समाचारसोमबार, फाल्गुण २५, २०७१
बार्तामा भरोसा गर्न मोर्चालाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री सुशील कोइरालाले जारी वार्ता प्रक्रियामा भरोसा गर्न एमाओवादी नेतृत्वको मोर्चालाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री कार्यालयबाट बक्तव्य जारी गर्दै प्रधानमन्त्री कोइरालाले वार्तालाई सहयोग र भरोसा गर्न आग्रह गरेका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरामी भएपनि वार्ता प्रक्रियामा निरन्तर सम्वाद भइरहेको बताए ।
मोर्चाका संयोजक पुष्पकमल दाहालले सत्ता पक्ष वार्तामा गम्भीर नभएको अभिव्यक्ति दिदै आएका थिए । बक्तव्यमा भनिएको छ, ‘‘वार्ता सकारात्मक दिशातिर अघि बढिरहेको छ, यसमा भरोसा गर्न आग्रह गर्छु ।’’
